नियम ११
एउटै कित्ता कायम गर्ने
नियम १० बमोजिम जग्गा छुट्याई सकेपछि प्राधिकरणले विकसित घडेरीहरु साविकका जग्गा धनी वा मोहीहरुलाई फिर्ता दिने प्रयोजनको लागि आयोजनाभित्र पर्ने सम्पूर्ण कित्ताका जग्गालाई एउटै कित्तामा परिणत गरी जग्गा एकीकरण कार्यक्रमलाई अन्तिम रुप दिनको लागि ऐनको दफा ७ को अधीनमा रही बढीमा एक वर्षको लागि आयोजनाभित्र पर्ने कुनै अचल सम्पत्ति कुनै पनि व्यहोराले हक हस्तान्तरण गर्न नपाउने गरी रोक लगाउन रजिष्ट्रेशन गर्ने सम्बन्धित कार्यालयमा लेखी पठाउनु पर्नेछ र सम्बन्धित कार्यालयले पनि त्यस्तो सूचना प्राप्त भएपछि त्यस भागमा लेखी आए बमोजिम कुनै अचल सम्पत्ति कुनै पनि व्यहोराले हक हस्तान्तरण हुने गरी रजिष्ट्रेशन गर्नु हुंदैन ।